युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडद्वारा कब्जा

0

झापा २१ जेठ ।

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । वेल्सको राजधानी कार्डिफमा गएराति भएको फाइनलमा ईटालीको युभेन्टसलाई ४-१ ले हराउँदै स्पेनको रियल मड्रिडले उपाधि जितेको हो ।

TOPSHOT – Real Madrid captain Sergio Ramos lifts the trophy after Real Madrid won the UEFA Champions League final football match between Juventus and Real Madrid at The Principality Stadium in Cardiff, south Wales, on June 3, 2017. / AFP PHOTO / JAVIER SORIANO

खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो र मार्को एसेन्सीयोले एक-एक गोल गरे । पराजित टोली युभेन्टसका लागि मारियो मान्डुकिचले एक गोल फर्काए । जितसँगै रियाल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । युरोपकै सवार््िधक सफल टोली रियाल मड्रिडले अहिलेसम्म १२ पटक उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानले ७ पटक उपाधि जितेको छ । फन्च प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजनको स्पेनिस ला लिगा जितेको रियल मड्रिडले युरोपियन उपाधि पनि थपेको हो ।

Share.

Leave A Reply