सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको आरोप

0

झापा, १२ असार ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको छ ।

Info about RUSSIA

सन् २०११ देखि २०१५ सम्ममा संकलन गरिएको एक हजार खेलाडीको नमुनाको परीक्षणको क्रममा यस्तो देखिएको म्याकलरेन प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ को विश्वकप फुटबलमा सहभागी भएको रुसी टिमका खेलाडी पनि यसमा सहभागी रहेको आरोप लागेको छ । फिफाले भने कुनै पनि खेलाडी डोपिङ परीक्षणमा असफल नभएको जनाएको छ । तर अहिले पनि आफूहरुले यस विषयमा अनुसन्धान गरिहेको फिफाको भनाई छ ।

Share.

Leave A Reply