४४ प्रजिअको सरुवा

0

काठमाडौं, ८ भदौ ।

गृह मन्त्रालयले ४४ प्रजिअको सरुवा गरेको छ ।

मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको आज सरुवा गरेको हो । सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रुपमा सरुवा हुनुभएको छ ।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रासस

Share.

Leave A Reply