‘गएको छु म प्रदेशमा कमाउन’ सार्वजनिक

0

विर्तामोड, १९ असोज ।


शैलेन्द्र भण्डारी (शलु) र उषा पोखरेलले दशै तिहार नामक म्युजिक भिडियो बजारमा ल्याउनु भएको छ । उहाँहरुले वडा दशैंको अवसर पारेर ‘गएको छु म प्रदेशमा कमाउन’ बोलको गीत यु ट्युवमा मार्फत सार्वजनिक गर्नु भएको हो ।
गीतमा शव्द दीपक ढकालको छ भने लय शैलेन्द्र भण्डारीकै रहेको छ । गीतमा छायङ्कन केशवराज भट्ट, निर्देशन तिलक भट्ट, सम्पादन निशान एस.के. र श्रृङ्गार रामदत्त भट्टले गर्नु भएको छ ।
अभिनय तिलक भट्ट र सजिना अधिकारीले गरेको गीतलाई भेनस फिल्मस् प्रालिले बजारमा ल्याएको हो । उषाले यसअघि पनि नेपाली महिलाको पर्व तीजको अवसर पारेर माइती नामक ‘वावाजी दिनुभयो खान्दानी घर भनेर’ बोलको गीत बजारमा ल्याउनु भएको थियो । ००००००

Share.

Leave A Reply