करन केसीले दोस्रोपटक पनि गरे ‘चमत्कार’

0

विर्तामोड, २० असोज ।


पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएको हो ।

अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा पाँचौँ बलमा फेरि छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो । पाँचौँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियोगिताको दोस्रो जित दिलाएका हु्न् । यसअघि १३४ रनको लक्ष्य दिने क्रममा नेदरल्याण्ड्सका लागि म्याक्स ओ’दाउदले सर्वा्धिक ४३ रन बनाए ।

यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाएका थिए । बलिङतर्फ करन केसी र संन्दिप लामिछानेले ४–४ तथा ललित राजवशीले १ विकेट लिएका थिए । एक विकेट भने रन आउटका रुपमा आएको थियो । १३४ रनको लक्ष्य भेट्न मैदानमा उत्रेको नेपालले मध्यम सुरुवात गरेको थियो । ००००००

Share.

Leave A Reply