विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी

0

विर्तामोड, २२ असोज ।


विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।
आज एकादशीका दिन पनि मान्यजनसँग टीका जमरा लगाएर आशीर्वाद लिइन्छ । सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास अनुसार यो पर्व भब्यरुपमा मनाइन्छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने दसैँ हिन्दु नेपालीहरुको मुख्य पर्व हो ।
दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन छ । झापाको विर्तामोड लगायत देशभरका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल बढेको छ ।

००००००

Share.

Leave A Reply