पाँच देश सम्मिलित ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपालको पहिलो हार, आयरल्याण्डसँग १३ रनले पराजित

0

विर्तामोड, २२ असोज ।


पाँच देश सम्मिलित ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जवाफमा नेपाल १९ ओभर पाँच बलमा एक सय ३२ रन बनाएर अलआउट भएको हो ।
मध्यम सुरुवात गरेको नेपालको मध्य क्रमको ब्याटिङलाइन ध्वस्त भयो । एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन र्पुयाउँदा आठ विकेट खेर फालेको थियो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डेबीच २५ रनको साझेदारी भएको थियो । तर, कप्तान पारस २५ रनमा पेभेलियन फर्किए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसपछि इसान पाण्डे र आरिफ शेखबीच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । तर, इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो ।
नेपालको स्कोर एक सय रन हुँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी आउट हुन पुगे । जसका कारण नेपालले तेस्रो विकेट खेर फाल्यो । उनले २० बलमा १९ रन बनाए । त्यसपछि नेपालले लगातार २ विकेट गुमायो । विनोद भण्डारी मात्र एक रनमा आउट भए भने आरिफ शेख २६ रनमा विकेट किपरको हातबाट क्याच आउट भए । जसका कराण नेपालले एक सय एक रनमा पाँच विकेट खेर फाल्यो ।
नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय ११ रन हुँदा सोमपाल कामी ६ रनमा पेभेलियन फर्किए । लगत्तै सन्दीप जोरा र सन्दीप लामिछाने सस्तैमा आउट भएपछि नेपालले आठौं विकेट खेर फाल्यो । जोरा २ रनमा आउट भए भने लामिछाने मात्र एक रनमा पेभेलियन फर्किए । अन्तिम ओभरमा नेपाललाई जितका लागि २५ रन चाहिएको थियो । जसमा करणले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए । तर, तेस्रो बलमा उनी बाउन्ड्रिमा क्याचआउट हुन पुगे । उनले १६ रन प्रहार गरे । जसका कारण नेपाल पराजित हुन पुग्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो । ००००००

Share.

Leave A Reply