शिवसताक्षी ९ का पदमलाल काफ्लेको घरमा आगलागी, १६ लाख रुपैयाँको क्षति

0

विर्तामोड, २२ असोज ।


झापाको शिवसताक्षी नगरपालिकामा काठको दुई तले घरमा आगलागी भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९, संगम चौक स्थित पदमलाल काफ्लेको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा भएका सबै धनमाल नष्ट भएको इलाका प्रहरी झिलझिले जनाएको छ । आज आगलागी भएको हो । दमक नगरपालिका र विर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । विजुलीको मिटरबक्स सट भएर आगो लागेको प्रहरीको अनुमान छ । आगलागीबाट करिब १६ लाख रुपैयाँको क्षति भएको नेपाल कम्युनिष्ट पार्टीका शिवसताक्षी नगर सचिव धनबहादुर थेवेले जानकारी दिनुभयो । दशैंमा काफ्ले परिवार विचल्लीमा परेको पत्रकार सरोज भट्टराईले बताउनु भएको छ । ००००००

Share.

Leave A Reply