पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा ३० जना सर्वसाधारणको मृत्यु

0

विर्तामोड, २२ असोज ।

पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले आज जानकारी दिएको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेको विज्ञप्तिमा सो आक्रमणमा परी ३९ जना हताहत भएका उल्लेख छ । जसमध्ये ३० जना मारिएका हुन् । हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । ०००००००

Share.

Leave A Reply