यौन क्रियाकलापमा सम्लग्न गराएको आरोपमा होटल संचालकसहित दुई जोडी पक्राउ

0

विर्तामोड, २२ असोज ।


यौन क्रियाकलापमा सम्लग्न गराएको आरोपमा मोरङको पथरीबाट होटल संचालकसहित दुई जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथरीमा रहेको चाम्लिङ होटल एण्डका लजका सञ्चालकद्वय सुनिता राई र विजय राईसहित दुई जोडीलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी अधिकारीको कमाण्डमा गएको टोली नियन्त्रणमा लिएको हो । प्रहरीको टोलीले यौन क्रियाकलापमा सम्लग्न रहेको अवस्थामै दुई जोडीलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । सो कार्यमा सम्लग्न रहेका मध्ये १४ वर्षीय किशोरीसमेत रहेको प्रहरीले जनाएको छ ।
’होटल संचालकद्वय राईले युवतीलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा सम्लग्न गराएको पाइएकाले संचालकद्वयमाथि मुद्दा चलाइएको हो’ अधिकारीले भन्नुभयो । वेश्यगमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाख रुपैयाँसम्म जरिवाना हुनुका साथै वेश्यगमनमा सम्लग्नलाई समेत १ देखि ३ महिना जेल सजाय हुने कानुनी प्रावधान रहेको छ । ०००००००

Share.

Leave A Reply