चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भव्य स्वागत

0

विर्तामोड, २५ असोज ।


चिनियाँ राष्ट्रपति सी जिन पिङलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमै स्वागत गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विमानमै पुगेर चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुभएको हो । साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीले स्वागत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले राष्ट्रपति सीलाई स्वागत गर्नु भएको छ । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न मन्त्रीहरु पनि विमानस्थलमा हुनुहुन्थ्यो । विमानस्थलमै सैनिक सलामी अर्पण गरिएको छ ।
विमान अवतरण गरेको झण्डै २० मिनेटपछि मात्र चिनियाँ राष्ट्रपति विमानबाट ओर्लनु भएको हो । भ्रमण तालिका अनुसार, अब आजसी सोल्टी होटल प्रस्थान गर्नु भएको छ । यसपछि उहाँ राष्ट्रपति भवन शीतलनिवास प्रस्थान गर्दै हुनुहुन्छ ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति
भोलि आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ः०० बजे
स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

००००००

Share.

Leave A Reply