चिनियाँ राष्ट्रपति सीको यसरी गरियो स्वागत तस्वीरहरु

0

विर्तामोड, २५ असोज ।

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : नवीन पौडेल

चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो । तस्वीर : नारायण ढुङगाना

पञ्चकन्याद्वारा स्वागत
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै । तस्बिर : नवीन पौडेल

राष्ट्रपति सीलाई नेपाली सेनाको सम्मान गारत
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना । तस्बिर : नवीन पौडेल

राष्ट्रपति सीको स्वागतमा कलाकार
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर : प्रदीपराज वन्त, रासस

चिनियाँ राष्ट्रपतिको स्वागातार्थ स्थानीय
चिनियाँ राष्ट्रपति सी जिन पिङलाई स्वागतका लागि विभिन्न भेषभूषामा सजिएका स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर : प्रदीपराज वन्त, रासस

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा सजाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल । तस्वीर : चन्द्रकला क्षेत्री

राट्रिय समाचार समितिबाट

Share.

Leave A Reply