सञ्चारकर्मी एबम् कवि गजलकार मायमितु न्यौपाने संयुक्त अरब इमिरेट्समा सम्मानित

0

युएई ।


रेडियो भिजन झापामा कार्यरत सञ्चारकर्मी एबम् कवि गजलकार मायमितु न्यौपाने संयुक्त अरब इमिरेट्समा सम्मानित हुनुभएको छ । सगरमाथा साहित्य प्रतिष्ठानले एक साहित्यिक कार्यक्रमका अवसरमा दोसल्ला र सम्मानपत्रले उहाँलाई सम्मान गरेको हो ।
कार्यक्रममा अर्का गजलकार टक गुरुङलाई पनि सम्मान गरिएको थियो । गुरुङ युएईको दुबईमा कार्यरत हुनुहुन्छ । सम्मानित मायामितु न्यौपाने र गुरुङका गजल कृति बजारमा आईसकेका छन् । न्यौपानेका थुप्रै गजल, कविता र लेखहरु विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित छन् । उहाँ यस अघि पनि थुप्रै सम्मान बाट आम्मानित भै सक्नु भएको छ ।


कार्यक्रमको सभापतितब सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बिश्वकर्माले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी मायामितु न्यौपाने र बिशेष अतिथी टक गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी एबम् सम्मानित ब्याक्तित्व मायामितु न्यौपानेले यस्ता साहित्यिक गतिबिधिले भाषा संस्कृतिको सम्बर्द्धन र बिकास हुनुका साथै परदेशमा नेपाली बिच एकता कायम ग्रन मद्दत पुग्ने बिस्वास ब्यक्त गर्नु भयो । उहाँले करिब डेढ दर्जन गजल र कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा तीन दर्जन साहित्यिक श्रष्टाले गजल र कविता वाचन गरेका थिए । ००००००००

Share.

Leave A Reply