सताक्षीधाममा आयोजना हुने धार्मिक महोत्सव एवम् १०८ कुण्डको कोटिहोम शुरु नहुँदै ५३ लाख ३५ हजार रुपैयाँ संकलन

0

विर्तामोड, २४ कात्तिक ।


झापाको सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवम् १०८ कुण्डको कोटिहोम शुरु हुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाताले दान गरेका हुन् ।
धार्मिक महोत्वसका संरक्षक एवम् गोलोक गोवद्र्धन गौशालका पिठाधिश आचार्य नन्दकिशोर भारद्धाजका अनुसार हालसम्म ८५ वटा कुण्डमा दिंवगत पित्रृको उद्धारका लागि दाता परिवारले नाम दर्ता गराइसकेका छन् । यसका अलवा शिवसताक्षी नगरपालिकाले १० लाख रुपैयाँ धार्मिक महोत्सव संचालन सहयोगार्थ प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षी नगरपालिका स्थानीय सरकार समेत आयोजकको हैसियतमा रहेर धार्मिक महोत्सव आयोजना गरेको बताउँदै नगरपालिकाका तर्फबाट नगद १० लाख रुपैयाँ संचालन सहयोग प्रदान गरेको बताउनुभयो । अन्य स्थानीय तहहरुले पनि आआफ्नो निर्णय अनुसार सो धार्मिक महोत्सव तथा कोटीहोममा आर्थिक सहभागिता जनाउने उल्लेख गर्नुभयो ।


एक नम्बर प्रदेशकै प्रमुख धार्मिक गन्तव्यका रुपमा परिचित सताक्षीधाम परिसरमा आयोजना हुन लागेको धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटिहवनको बारेमा जानकारी दिने उद्धेश्यले आज आयोजना गरिएको पत्रकार संमेलनमा देशविदेशबाट आउने पाहुनहरुका लागि आवास (कुटी) निर्माण, खानेपानी, विद्युत लगायतको भौतिक अस्थाई पूर्वाधारहरुको निर्माण सम्पन्न भएको आयोजक श्रीसताक्षी धार्मिक महोत्सव एवम् कोटिहोम महायज्ञ मुल समारोह समितिले जनाएको छ ।
पाहुनाको स्वागतका लागि झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा ३० वटा स्वागत द्वार निर्माण भएको छ । धार्मिक महोत्सवको प्रचार प्रसारका लागि पोष्टर, पम्प्लेटिङ्ग, माईकिङ्ग, ठाँउ–ठाँउमा धार्मिक महोत्सव र गौरक्षा लगायतका विषयमा जानकारी मुलक कार्यक्रमहरु सञ्चालन गरिएको प्रचार प्रसार उपसमितिले जनाएको छ ।
२७ कार्तिकदेखि ९ मसिंर सम्म सञ्चालन हुने तेह्र दिवसीय धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटीहोम सफल बनाउन विषयगत २५ वटा उपसमिति गठन गरिएको छ । महोत्सव अवधिभर सताक्षीधाममा फ्रि वाईफाईको सुविधा पाउने आयोजक समितिका सचिवालयका सदस्य सचिव डिल्ली नेपालले जानकारी दिनुभयो । महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, माल्दिभ्स, अफ्रिका, भुटान, वर्मा लगायतका देशबाट समेत हिन्दु धर्मावलम्बीहरु ठुलो संख्यामा सहभागी हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
अध्यक्ष पोर्तेलले नेपालका कम्तिमा ५ लाख र विदेशका २० हजार पर्यटक सताक्षीधामको धार्मिक महोत्सवको अवलोकन गर्ने बताउनुभयो । त्यसका लागि शौचालय, पानी, आवास, खाद्यान्न, संचार, विद्युत, सुरक्षा लगायतका आधारभुत आवश्यक्ता पुर्वाधार निर्माण सम्पन्न भएको पोर्तेलले बताउनुभयो । सताक्षीधाम घना जंगलबीचमा पर्ने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिव १०० जना जनशक्ति २४ सै घन्टा तैनाथ गरिने आयोजक समितिका अध्यक्ष पोर्तेलले बताउनु भएको छ । धार्मिक महोत्सवमा निसङ्कोच सहभागी हुन आयोजक समितिले देश विदेशका पर्यटकलाई अनुरोध गरेको छ । ०००००

Share.

Leave A Reply