महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीमा झापाका केही स्थानीय तहमा सार्वजनिक विदा

0

विर्तामोड, २५ कात्तिक ।


राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा आज झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको सूचना जारी गर्नुभएको छ ।
यस्तै, हल्दिवारी गाउँपालिकाले जन्म जयन्तीको अवसरमा आज सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले विज्ञप्ति जारी गर्दै विदा दिइएको जानकारी दिनु भएको हो ।
किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उहाँले देहत्याग गर्नुभएको थियो । किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनुभएको सन्देशका कारण उहाँलाई महान् समाज सुधारक मानिएको छ । उहाँको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ । ००००००

Share.

Leave A Reply