रोनाल्डोको सट्टामा मैदान छिरेका डिबालाको गोलमा युभेन्टस विजयी

0

विर्तामोड, २५ कात्तिक ।


क्रिष्टियानो रोनाल्डोको सट्टामा मैदान छिरेका पाउलो डिबालाको गोलको सहयोगमा युभेन्टस विजयी भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन ७७ औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक बन्यो ।
उनी ५५ औँ मिनेटमा रोनाल्डो मैदानबाट बाहिरिएपछि उनको ठाउँमा मैदान पसेका थिए । डिबालाले गएको बुधबार भएको च्याम्पियन्स लिग अन्तर्गत लोकोमोटिम मस्कोसँगको खेलको ८२ औँ मिनेटमा रोनाल्डोलाई रिप्लेस गरेका थिए ।
यो सिजनमा सिरी ए मा युभेन्ट अपराजित रहेको छ । जितपछि १२ खेलबाट ३२ अंकसहित युभेन्टस शीर्ष स्थानमा छ । दोस्रो स्थानको इन्टर मिलानको ३१ अंक रहेको छ । युभेन्टससँग पराजित भएको एसी मिलान १३ अंकसहित १४ औँ स्थानमा रहेको छ ।
गए राति नै भएका खेलमा काग्लिएरीले फियोरेन्टिनालाई ५–२, लाजिओले लिचेलाई ४–२ तथा पार्माले रोमालाई २–० ले पराजित गरेका छन् । साम्पडोरिया र एट्लान्टा तथा युडिनेस र एसपिएएलले गोल रहित बराबरी खेलेका छन् । ०००००००

Share.

Leave A Reply