बंगलादेशका राष्ट्रपति हमिद औपचारिक भ्रमणका लागि नेपालमा

0

विर्तामोड, २६ कात्तिक ।


बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउनुभएको छ । विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित आज दिउँसो काठमाण्डौ आइपुग्नु भएको हो । बंगलादेशका राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन विमानस्थलमा राष्ट्रपतिसहित विशिष्ट पदाधिकारीको टोली पुगेको थियो । राष्ट्रपति हमिदको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यतालिका छ । उहाँसँगै बङ्गलादेशका विशिष्ट अतिथिले विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद शुक्रबार स्वदेश फर्कनु हुनेछ । ०००००००००

Share.

Leave A Reply