भारतको महाराष्ट्रमा शिव सेनाले मुख्यमन्त्री पाउने पक्का

0

विर्तामोड, २९ कात्तिक ।

शिव सेनाका नेता संजय राउतले पत्रकार सम्मेलन गरेर महाराष्ट्रमा आगामी मुख्यमन्त्री शिव सेनाकै हुने दाबी गर्नु भएको छ । शिवसेना सांसद राउतले भन्नुभयो, ‘शिव सेना, एनसीपी र कांग्रेसका बीच कमन मिनिमम प्रोग्राम बनाउने विषयमा काम भइरहेको छ ।’
उहाँका अनुसार अब तीनै पार्टीका शीर्ष नेताहरुबीच यसबारेमा छलफल हुनेछ । तर, नेता संजय राउतले सरकार बनाउने फर्मुला के हुने छ र कुन पार्टीका कति जना मन्त्री हुनेछन् भन्ने कुरा खुलाउनु भएन ।
कमन मिनिमम प्रोग्रामबारे उहाँले भन्नुभयो, ‘राज्यको हितमा कमन मिनिमम प्रोग्रामको सरकार चलाउन कुनै कठिन काम होइन, सरकार चाहे एक पार्टीको होस्, अथवा गबबन्धनको । त्यो गठबन्धनमा दुई पार्टी होउन् वा २५, सरकार कमन मिनिमम प्रोग्राम अनुसार नै चल्नेछ ।’
सरकारमा शिव सेनाका १६, एनसीपीका १४ र कांग्रेसका १२ मन्त्री हुने कुरा चर्चामा छ । सरकार गठनको फर्मुलाबारे पत्रकारको प्रश्नमा नेता राउतले भन्नुभयो, ‘फर्मुलाको चिन्ता नगरौँ, उद्धव ठाकरे यस्ता विषयलाई टुंगो लगाउन सक्षम हुनुहुन्छ ।’ ००००००

Share.

Leave A Reply