अबको एक मात्र बाटो बेरोजगारी अन्त्य : वरिष्ठ नेता नेपाल

0

विर्तामोड, २९ कात्तिक ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एक मात्र बाटो बेरोजगारी अन्त्य भएको बताउनु भएको छ । भक्तपुरको सरस्वती खेलमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताउनु भएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले भन्नुभयो, अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’ नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर क्षेत्रनम्बर १ (क) मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उहाँले अपिल गर्नुभयो । चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गर्नुभयो । सभामा नेकपा उम्मेदवार ढकालले आफ्ना चुनावी प्रतिवद्धता राख्नु भएको थियो । ०००००

Share.

Leave A Reply