विर्तामोड खानेपानीको आसन्न निर्वाचनका लागि तयारी तीब्र, मंसिर ७ गते उम्मेद्वारी दर्ता

0

विर्तामोड, २९ कात्तिक ।

विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि तयारी तीब्र भएको छ । संस्थाको मंसिर १६ गते निर्वाचनको मतदान हुने कार्यक्रम छ । संस्थाका अध्यक्ष जलकुमार गुरुङका अनुसार मंसिर ३ गते विहान ११ वजेदेखि निर्वाचन कार्यक्रम अन्र्तगत पहिलो मतदाता नामावली प्रकाशन हुनेछ ।
संस्थाको ९ सदस्यीय कार्यसमितिमा हाल नेपाली कांग्रेसका कार्यकर्ता रहेका छन् । नेपाली कांग्रेसले अहिले कार्यसमितिमा रहेका कार्यकर्तालाई नै यो निर्वाचनमा पनि उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले भने उम्मेद्वारी छनोटलाई अगाडि बढाएका छन् । नेकपाले वडा कमिटीहरुलाई आफ्नो वडाका आकांक्षीसँग कुरा गरेर नाम सिफारिस गर्न निर्देशन दिएको नगर अध्यक्ष ज्ञानुराम प्रसाईंले बताउनु भएको छ । नेकपामा आकांक्षीको संख्या धेरै रहे पनि पार्टी निर्णयको पखाईमा रहेका छन् ।
मंसिर ७ गते विहान ८ वजेदेखि दिउँसो २ वजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली भने मंसिर ९ गते दिउँसो ३ वजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । ६ हजार ४ सय उपभोक्ता रहेको विर्तामोड खानेपानीमा कात्तिक मसान्तसम्म मतदानका लागि परिचय पत्र बनाउने समय तोकिएको छ । ००००००

Share.

Leave A Reply