सिन्जो आवे २८८७ दिनदेखि प्रधानमन्त्रीको हैसियतमा निरन्तर

0

विर्तामोड, ४ मंसिर ।


प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यतिm बन्नुभएको छ ।
सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बन्नु भएका आवेले आजसहित जम्मा दुई हजार ८८७ दिन प्रधानमन्त्रीका हैसियतमा निरन्तर काम गरिसक्नुभएको छ ।
उहाँले सन् २००६ देखि सन् २००७ सम्म पहिले पनि प्रधानमन्त्री बन्नुभएको थियो । तर, आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजिनामा दिनुभएको थियो ।
यसैबीच, आफ्नो नाममा लामो समय जापानी प्रधानमन्त्रीका रूपमा काम गर्ने इतिहास बनेको सन्दर्भमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीमा रहँदा आफूले जापानी मुद्रा स्फीतिलाई अन्त्य गर्ने, समस्याका रूपमा देखिएको जापानको बढ्दो वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरका साथै संविधान संशोधन लगायतका बिषयमा नीतिगत सुधारका प्रयास गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “‘लिबरल डिमोक्रेटिक पार्टी’को अध्यक्षका रूपमा अझै मेरा लागि दुई बर्ष बाँकी रहेको र यस समयमा नीतिगत आधारमा काम गरी मेरो काँधमा आएको जिम्मेवारीलाई सफल पार्न प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।”
नेतृत्व सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै उहाँले थप्नुभयो, “जब मैले प्रधानमन्त्रीको नेतृत्व पाएँ, त्यतिवेला कतै चीसो हिउँमा टेकेको अवस्थामा जस्तो निकै असहज महशुस गरेको थिएँ ।”
उमेरले पैँसठ्ठी वसन्त पार गरेका आवेले दोस्रो विश्व युद्धपछि सम्बोधन हुन नसकेका कुटनीतिक चुनौतीलाई साम्य पार्न चाहेको पनि बताउनुभयो । ०००००

Share.

Leave A Reply