कम्युनिष्ट नेतृत्वको सरकार असफल : वरिष्ठ नेता पौडेल

0

विर्तामोड, ४ मंसिर ।


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकार असफल भइसकेको बताउनुभएको छ । कम्युनिष्ट पार्टीको सरकारले विकासको प्राथमिकता र जनताका आवश्यकता छुट्याउन नसकेर असफल भएको उहाँले बताउनुभयो ।
प्रदेश १ कोे पाँचथर र तेह्रथुमको कार्यकर्ता भेला सकेर आज धनकुटा पुग्नुभएका नेता पौडेलले प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारले हावादारी कुरा गरेर समृद्धिको यात्रामा ध्यान नदिएको आरोप लगाउनुभयो । वरिष्ठ नेता पौडेलले अहिलेको सरकारले पुराना सरकारले गरेका कामको उद्घाटन मात्रै गरेको र नयाँ योजना शिलान्यास गर्न नसकेको दाबी गर्नुभयो ।
उहाँले सरकार गठनपछि जनतालाई सुशासनसँगै न्याय दिन नसकेको, पक्षपातपूर्ण शासन गरेको, स्वदेशी लगानीकर्ता, दाता र सहयोगीहरू भाग्न थाल्दा समृद्धिका बाटाहरू रोकिन थालेको आरोप लगाउनुभयो ।
अधिकांश समय सरकारको विरोधमा खर्चिनु भएका पौडेलले सरकारका कुरा मात्रै ठूला काम केही नभएको हुनाले सरकार असफल भएको पटकपटक दोहो¥याउनुभयो । फरक प्रसंगमा नेता पौडेलले मुलुकमा अब कांग्रेस र कम्युनिष्ट पार्टी मात्रै रहेकाले जनताले एक पटक कम्युनिष्टलाई रोजिसकेको तर काम केही नभएकाले अब कांग्रेसले आफूभित्रको कमजोरी हटाएर जनताको भरोसा बन्नुपर्ने र बनाउने अभियानमा लागेको बताउनुभयो । ०००००

Share.

Leave A Reply