प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, हेर्नुहोस् सुचिसहित

0

विर्तामोड, ४ मंसिर ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो । सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।
त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । रामवीर मानन्धरलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
उपप्रधानमन्त्रीसमेत रहनु भएका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ । उहाँलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गोकर्ण विष्ट श्रम रोजगार तथा सामाजिक विकास मन्त्री, लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, चक्रपाणि खनाल कृषि तथा पशुपन्छी विकास, रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, थममाया थापा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, रामकुमारी चौधरी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री र डाक्टर सुरेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीलाई हटाइएको छ । ०००००००

Share.

Leave A Reply