नेकपा अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री ओलीसँग भेट, स्वस्थ्यमा सुधार

0

विर्तामोड, १३ मंसिर ।


नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु भएको छ । आज बेलुकी ६ बजेर ४० मिनेटमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले कुराकानी गर्नु भएको हो ।
दाहालले भेटका क्रममा ओलीको स्वस्थ्य अवस्थाबारे कुराकानी गर्नु भएको थियो । भेटपछि अध्यक्ष दाहालले ‘उहाँको स्वस्थ्यमा धेरै राम्रो प्रगति भएको’ प्रतिक्रिया दिनु भएको छ । प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया गत मंगलबार गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ‘खतरा मुक्त’ रहेको उहाँको उपचारमा संलग्न चिकित्सकको टोलीले आज नै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । ०००००

Share.

Leave A Reply