साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारीले बोक्ने

0

विर्तामोड, १४ मंसिर ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज प्रेस विज्ञप्ति निकाल्दै सागको उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने जानकारी गराएको छ ।
१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तर्राष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा समेत सहभागिता जनाइसकेका कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरेको एनओसीले जनाएको छ ।
राखेपले मार्चपासमा क्रिकेटर पारस खड्काको नाम प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको सफलताका आधारमा पारस नै राम्रो विकल्प हुने राय सहित राखेपले पारस सहितका खेलाडीको नाम झण्डा बोक्नेमा प्रस्ताव गरेको थियो । तर, नेपाल ओलम्पिक कमिटीले पारसको स्थानमा भारत्तोलनका कमलबहादुर अधिकारीको नाममा निर्णय गरेको छ ।
पारसले ओलम्पिक अन्तर्गतका खेलहरु नखेलेका कारण उनको विकल्पमा कमल छनोटमा परेका हुन् । पारसले हासिल गरेका सफलता सम्बन्धित संघ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट खेलेका खेलसंग सम्बन्धित छ । ओलम्पियन समेत रहेका कमल सागमा नेपाललाई भारत्तोलनबाट एक मात्र स्वर्ण दिलाउने खेलाडी हुन् । ००००००

Share.

Leave A Reply