दुई महिनादेखिको बिवादको अन्त्य भएपछि भोलिदेखि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा पठनपाठन सुचारु हुने

0

विर्तामोड, १४ मंसिर ।


दुई महिनादेखिको बिवादको अन्त्य भएपछि भोलिदेखि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा पठनपाठन सुचारु हुने भएको छ ।
राजनीतिक प्रतिसोधकै कारण प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई क्याम्पस संचालक समितिले निकालेको भन्दै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्राध्यापक र विद्यार्थीहरु दुई महिनादेखि आन्दोलनमा थिए । प्राध्यापक र विद्यार्थी आन्दोलनमा गएसगै क्याम्पसमा अध्यानरत् एक हजार विद्यार्थीको भविष्यमाथि नै प्रश्न उब्जिएको थियो ।
तर, कनकाई क्याम्पसको समस्या समाधानका लागि शुक्रबार झापाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चन्द्रगढीमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडाल, नेपाली कांग्रेसका स्थानीय नेता टेकनारायण संग्रौला, कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव बिजय साम्पाङ्ग, कनकाई नगर इन्चार्ज गोपाल प्रसाई लगायातको टोलीबीच बार्ता भई क्याम्पस संचालनको सहमति बनेको हो ।
जसमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडालद्वारा क्याम्पसका ९ जना विद्यार्थीमाथि लगाइएको मोसो दलेको उजुरी क्याम्पसमै छलफल गरेर मिलाउने, निष्कासन गरिएका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई तत्काल हाजिर गराउने र बाँकी कुराका लागि आगामी पुस १० गते आयोजना गरिएको क्याम्पस सभाद्वारा बाँकी सबैकुराको हल गर्ने सहमति बनेको छ ।
क्याम्पसको यो सहमतिसँगै आन्दोलनरत् पक्ष र क्याम्पस प्रशासन दुबै पक्षले आआफ्नो जित भएको दावी गरेका छन् । यसमा कसैको जित हार भन्दा पनि हामी कनकाई नगरवासीको जित भो दुई महिनादेखि बन्द रहेको क्याम्पस संचालन हुनु सुखद कुरा हो, बार्तामा सहभागी एक सदस्यले भन्नुभयो । यसैवीच आन्दोलनरत् प्राध्यापकलाई हटाउने उद्धेश्यका साथ कनकाई बहुमुखी क्याम्पसले स्थानीय पत्रिकामा प्राध्यापक आवश्यकता सम्बन्धि प्रकाशन गरेको विज्ञापन समेत हाललाई स्थागित भएको छ । त्रिभुवन विश्वविद्यालयको ठाडो आदेशपछि विज्ञापन स्थगित गरिएको हो । कनकाई बहुमुखी क्याम्पसमा ५५ जना शिक्षक कर्मचारी कार्यरत र एक हजार विद्यार्थी अध्यनरत् छन । ०००००

Share.

Leave A Reply