बुर्कुना फासोमा एक जनाको गोली प्रहारबाट १४ जनाको हत्या

0

विर्तामोड, १६ मंसिर ।


पश्चिमी अफ्रिकाको बुर्कुना फासोमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गरेको छ । बुर्कुना फासोको पूर्वी क्षेत्रमा रहेको ह्याङटोउकौउरामा रहेको चर्चमा प्रवेश गरेका ती व्यक्तिले प्रार्थना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका हुन् ।
घटनामा दर्जनौं घाइते भएका छन् । गोली प्रहार लगत्तै ती व्यक्ति स्कुटर चढेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अक्टोबरमा पनि एक मस्जिदमा भएको आक्रमणमा १५ जना मारिएका थिए । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । ०००००००

Share.

Leave A Reply