दक्षिण एसियाली खेलकुद सागमा नेपालले दुई वटा स्वर्ण जित्यो, मण्डेकाजी श्रेष्ठ कराँतेको एकल कातामा पहिलो स्वर्ण जित्न सफल

0

विर्तामोड, १६ मंसिर ।


दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेमा मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा स्वर्ण जित्न सफल भए । १३औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गरेका हुन् ।
मण्डेले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याए ।
यसैबीच, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।
आज पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।
ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले कास्य पदक हात पारिन् ।


यसअघि, नेपाली कराते खेलाडी चञ्चला दनुवारले १३ औँ दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् ।
सातदोबाटोमा रहेको कराते हलमा भएको प्रतियोगितामा चञ्चलाले सिनियर महिलामा रजत पदक जितेकी हुन् । उनी फाइनलमा पाकिस्तानकी खेलाडीसँग पराजित भइन् ।
पाकिस्तानकी खेलाडी साहिदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन् । चञ्चलाले २४.६२ अंक पाइन् ।
चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । उनले २४.०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् । ०००००००

Share.

Leave A Reply