नेपालको स्वर्ण पदक संख्या २७

0

विर्तामोड, १८ मंसिर ।

काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पार्नुभएको छ ।
महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुग्नुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।
यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर, सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जित्नुभएको थियो । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।


यसैबीच,
साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ । गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान हात र्पायो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात र्पायो । दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।


यस्तै,
साग अन्तर्गत उसुको थाउलोमा नानगुन विधामा नेपालले स्वर्ण जितेको छ । नेपालका लागि दिपक हमालले स्वर्ण प्राप्त गरे । आर्मीको कर्भडहलमा भएको खेलमा नेपालका दिपकले कुल १९.३२ अंक ल्याउँदै स्वर्ण जितेका हुन् । योसँगै नेपालले उसुमा स्वर्ण संख्या तीन र्पुयाएको छ । प्रतियोगितामा उसुमा सोमबार दुई स्वर्ण जितेको थियो ।
उनले भारतका साजन लामालाई पछि पारेका हुन् । भारतका साजनले समग्रमा १९.१२ अंक ल्याएका थिए । उसुको थाउलोअन्तर्गत पुरूष ताइजिजियनमा श्रीलंकाका थरिदु नमल अनुरथले स्वर्ण पदक जिते । यो प्रतिस्पर्धामा भारतका ज्ञानदास सिंहले रजत पदक जित्दा नेपालका हरिप्रसाद गोलेले काश्य पदक जिते । ००००००

Share.

Leave A Reply