विकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाद्वारा स्वागत र सम्मान, भोट दिन आग्रह

0

विर्तामोड, १८ मंसिर ।

हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्ट विकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ । सोही नगरपालिका वडा नम्बर –१ मा स्थायी घर भएका लिम्बुलाई अर्जुनधारा नगरपालिकाले चन्द्रगढी विमानस्थलदेखि स्कर्टिङ गर्दै नगर परिक्रमा गराएको थियो । नगरपालिकाले लिम्बुलाई भोट गरेर बिजयी बनाउन आग्रह समेत गरेको छ ।
‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुले अर्जुनधाराको शनिश्चरे बजार र खुदुनावारीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमसँगै सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विकास लिम्बु जिताऔं अभियानको आयोजनामा भएको सांगितीक कार्यक्रममा लिम्बुले तीनवटा गित प्रस्तुत गरेका थिए । विकासलाई भ्वाइस अफ नेपालको बिजेता बनाउन अभियान सञ्चालन गरेको संयोजक विजय सेन्दाङले बताउनुभयो । उहाँले लिम्बुलाई जिताउन भोट गर्न समेत नगरवासीसँग आग्रह गर्नु भएको छ ।
कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशीला सुवेदी, सदस्य सचिव तिवेन्द्र अधिकारी, वडा नं. १० का अध्यक्ष वलदेवसिंह गोम्देन लगायतले बोल्दै लिम्बुलाई भोट दिन आग्रह गर्नुभयो । ०००००००

Share.

Leave A Reply