झापाको चारआलीमा बन्ने ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनी इच्छुक

0

विर्तामोड, २३ मंसिर ।


नेपाल आयल निगमले बनाउने झापा र जनकपुरको ग्यास रिफिलिङ प्लान्टको सम्भाव्यता अध्ययन गर्न १३ कम्पनीले प्रस्ताव पेस गरेका छन् । भारत, चीनदेखि इरान र बेल्जियमसम्मका देशबाट प्रस्ताव पेस भएको निगमले जनाएको छ । निगमले आह्वान गरेको टेण्डरपछि ती कम्पनीले प्रस्ताव पेस गरेका हुन् ।
झापाको चारआलीमा बन्ने ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनीले प्रस्ताव पेश गरेका छन् । चारआलीको प्लान्टका लागि इरान, भारत, चीन लगायतका कम्पनीको प्रस्ताव परेको छ । जनकपुरको प्लान्टका लागि भारत र इरानी कम्पनीको मात्रै प्रस्ताव परेको निगमले जनाएको छ ।
निगमले केही साताभित्रै टुंग्याउने अन्तिम मूल्याकंनपछि चारआली र जनकपुरमा एक–एक कम्पनी छानिने छन् । आयोजना अघि बढ्ने वा के गर्ने भन्ने टुंगो पनि प्रतिवेदनमै भर पर्ने निगमले जनाएको छ ।
ग्यास भण्डारणका लागि निगमसँग कुनै पूर्वाधार नभएपछि ०७२ सालमा निगमको बोर्ड बैठकले झापा र जनकपुरमा ३–३ हजार टन क्षमताका प्लान्ट बनाउने योजना अघि बढेको थियो । निगमको योजना सफल भए ग्यासमा निजी क्षेत्रको एकाधिकार तोडिने निगमको विश्वास छ । ००००००

Share.

Leave A Reply