साउदी अरेबियामा महिलामाथि गरिएको कडाई खुकुलो हुँदै

0

विर्तामोड, २३ मंसिर ।


साउदी अरेबियाले सार्वजनिक होटल तथा रेष्टुराँहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइलाई खुकुलो पारेको छ । यसअघि सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको थियो । तर, अब भने अन्य सर्वसाधारण सरह महिलाले जुनसुकै ढोकाबाट होटल तथा रेष्टुराँमा प्रवेश गर्न पाउने भएका छन् ।
दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको अधिकारीहरुले जनाएका छन् । यसअघि साउदीमा श्रीमान् वा परिवारका सदस्यबाहेक अन्यसँग होटल तथा रेष्टुराँमा जान महिलालाई कडाइ गरिएको थियो । नगरपालिका तथा ग्रामिण मन्त्रालयले महिलामाथि लगाइएका प्रतिवन्धहरु हटाइको जनाएको छ । साउदी अरबमा पछिल्लो समय धार्मिक मान्यता अनुसार महिलामाथि लगाइएका विभिन्न प्रतिवन्धहरु फुकुवा गर्न थालिएको छ । तर, सरकारको उक्त कदमको कतिपय धार्मिक र कट्टरपन्थी नेताहरुले बिरोध गरेका छन् । ००००००

Share.

Leave A Reply