१३औं सागको पुरुष क्रिकेटमा नेपाललाई काश्य पदक

0

विर्तामोड, २३ मंसिर ।


१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । आज माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिएका थिए । ०००००

Share.

Leave A Reply