कांग्रेस कार्यसमितिको म्याद डेढ वर्ष थपिने महामन्त्री कोइरालाको दाबी

0

विर्तामोड, २३ मंसिर ।


कांग्रेसका महामन्त्री शशांक कोइरालाले कार्यसमितिको म्याद डेढ वर्ष थपिने बताउनु भएको छ । ‘पार्टीको तलदेखि केन्द्रसम्मको निर्वाचनका लागि पनि समय चाहिएकाले कार्यसमितिको म्याद थप गर्नु आवश्यक छ,’ आज विराटनगरमा पत्रकासँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘पार्टीको निर्वाचनपछि स्थानीय तहको निर्वाचन आउने हुन्छ, त्यसैले त्यो भन्दा अगाडि पार्टीको नीति तथा रणनीति बनाउनका लागि पनि कार्यसमितिको म्याद थप गर्नु पर्छ ।’
उहाँले संविधान अनुसार पार्टी अघि बढाउन प्रदेश कार्यसमिति तदर्थ बनाउनुको विकल्प नभएको बताउनुभयो । पार्टीको विधानमा प्रदेशको तदर्थ कार्यसमिति बनाउने व्यवस्था नभए पनि संविधान अनुकुल चल्नका लागि त्यस्तो गर्नु आवश्यक भएको कोइरालाको भनाइ थियो ।
उहाँले हिन्दु राष्ट्रको मुद्दाबाट पछि हट्दै मुलुकमा धर्म स्वतन्त्र हुनुपर्ने बताउनु भएको छ । मुलुक धर्म निरपेक्षभन्दा धार्मिक स्वतन्त्रताका लागि जनमत संग्रह गर्नुपर्ने कोइरालाको भनाइ छ ।
उहाँले नेकपाको दुई तिहाइको सरकार असफल भइसकेको दाबी गर्नुभयोे । दुई तिहाइको सरकारले दुई वर्षमा गरिब विपन्न लक्षितका साथै कुनैपनि ठूला ठोस योजना ल्याउन नसकेको उहाँको भनाइ थियो । अहिलेको सरकारले कार्यान्वयनमै रहेका योजनाहरुलाई अघि बढाइरहेको उहाँको दाबी छ । ०००००००

Share.

Leave A Reply