फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने

0

विर्तामोड, २३ मंसिर ।


फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने हुनु भएको छ । उहाँ देशको राजनीतिक इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री बन्नु हुने भएको हो ।
मरिनले यही हप्ता नै पदभार ग्रहण गर्ने बताइएको छ । मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन् ।
फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सना मरिनलाई प्रधानमन्त्री बन्न जोड दिइएको थियो । यसअघि उहाँ पहिवहन र सञ्चार मन्त्री पनि रहनु भएको थियो ।
३४ वर्षीया मरिन विश्वकै युवा प्रधानमन्त्री बन्नुहुने छ । उहाँले युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुकलाई पनि पछाडि पार्नुहुने छ । होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री बन्नु भएको थियो ।
त्यस्तै मरिनले न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डेनलाई पनि पछाडि पार्नु हुनेछ । जसिन्दा ३९ वर्षको उमेरमा प्रधानमन्त्री हुनु भएको थियो ।
मरिनको जन्म सन् १९८५ नोभेम्बर १६ मा फिनल्याण्डमा भएको थियो । उहाँ सन् २०१५ मा संसद सदस्यको रुपमा निर्वाचित हुनु भएको हो । उहाँ पहिलो पटक सन् २०१९ मा नै सरकारमा सहभागी हुनु भएको थियो । उहाँ सरकारको परिवहन तथा सञ्चार मन्त्री बन्नु भएको थियो ।
सन् २०१२ मा उहाँले प्रशासनिक विज्ञानमा टेम्पियर विश्वविद्यालयबाट स्नातक तहमा डिग्री गर्नु भएको थियो । त्यसपछि उहाँ राजनीतिमा सक्रिय बन्नुभयो । सन् २०१७ मा उहाँ सिटी काउन्सिलमा चुनिनु भएको थियो । ००००००

Share.

Leave A Reply