४४ गाईसहित २२३ गोरु नियन्त्रणमा

0

विर्तामोड, २९ पुस ।


जिल्ला प्रहरी कार्यालय झापाले भारत निकासी गर्दै गरेका गाईगोरु नियन्त्रणमा लिएसँगै आठ लाख ८० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । प्रहरीले भारत निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु नियन्त्रणमा लिएको छ ।
कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्नुपर्ने प्रावधान छ । त्यस्तो कारोवारमा सङ्लग्नले भारत निकासी हुने गोरुको भन्सार नगरी गाईसमेत अवैध निकासी गर्न थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिन थालेको छ । दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ ।
झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचना लगायतका नाकामा कडाइ गरिएको छ । योसँगै प्रहरीले दुई सातामा ३८ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै ६ लाख ८१ हजार, विद्युतीय सामग्री एक लाख १५ हजार, सवारीसाधन पाटपूर्जा एक लाख २५ हजार, लत्ताकपडा आठ लाख ५४ हजार, सुपारी १० लाख २७ हजार ५०० र काठ एक लाख ५० हजार रुपैयाँ बराबरको बरामद गरिएको हो । ०००००००

Share.

Leave A Reply