भोलि प्रदेश १ मा सार्वजनिक बिदा

0

विर्तामोड, २९ पुस ।


प्रदेश नम्वर १ सरकारले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते अर्थात् भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागत रुपमा लाग्ने मेलाहरुलाई सबैले सहजरुपमा मनाउन पाउनु पर्छ भन्दै सार्वजनिक बिदा दिएको जनाइएको छ । मकर सङ्क्रान्ति, माघी नामले चिनिने यो पर्व किँरातहरुले पनि नयाँ वर्षको रुपमा परम्परादेखि नै मनाउँदै आएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज सुचना जारी गर्दै भोलि विदा दिने जनाएको हो । भोलिलाई विभिन्न स्थानीय तहले पनि विदा दिएका थिए । ०००००००

Share.

Leave A Reply