डा. गिरी र प्रसाईंको घुस विवाद अख्तियारमा

0

विर्तामोड, २९ पुस ।


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।
गिरीमाथि २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउँदै प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिनु भएको हो ।
त्यसअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस मागेको आरोप लगाएपछि डा. गिरीले त्यसको खण्डन गर्नु भएको थियो । बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आरोप लगाएको गिरी निकटवर्तीको दाबी छ ।
तर, प्रसाईंले आज पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताउनु भएको हो । साथै, उहाँले यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिनु भएको छ । ००००००

Share.

Leave A Reply