हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु

0

विर्तामोड, १० माघ ।


झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज प्रदेश सांसद बसन्त बाँनियाले उद्घाटन गर्नु भएको हो ।
माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटवल, भलिवल, कपर्दी, दौड, रिले दौड, लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, ज्याम्लिङ थ्रो, सटफुट, कराँते र बक्सिङमा विधार्थीले प्रतिष्पर्धा गर्नेछन् ।
शिक्षासँगै खेल क्षेत्रमा विधार्थीलाई अब्बल बनाउन आयोजना गरिएको प्रतियोगितामा बोल्दै प्रदेश सांसद बानियाँले हल्दिवारीको खेल प्रतियोगिता महोत्सवकै रुपमा लिन सकिने बताउनुभयो । उहाँले खेल क्षेत्र सबैको आकर्षण र मनोरञ्जनको क्षेत्र भएकाले राज्य पक्ष यसको विकासमा लागिरहेको जानकारी दिनुभयो । उहाँले आफ्नो ठाउँबाट जिल्लाको खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।


यस्तै, संविधानसभा सदस्य मोहन टुडुले हल्दिवारी गाउँपालिकाले शिक्षा र खेल क्षेत्रमा गरेको प्रगति नमूना भएको बताउनुभयो । उहाँले अन्य स्थानीय तहलाई पनि हल्दिवारीको शिक्षा र खेल क्षेत्र सिकाई हुन सक्ने बताउनुभयो ।
निजी तथा सामुदायिक विद्यालयलाई सहभागी गराई आयोजना गरिएको कार्यक्रम जनजागृति माध्यमिक विद्यालय गोलधाप उद्घाटन गरिएको हो ।


उद्घाटनमा बोल्दै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाइने बताउनुभयो । उहाँले हल्दिवारीलाई शिक्षा र खेलकुदको माध्यमबाट देशभर परिचित गराउने बताउनु भएको छ ।
शिक्षा समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटनका अवसरमा विभिन्न जातीय झाँकी, नृत्य, खेल प्रशिक्षकहरुबाट कराँतेको काँता, मार्चपास प्रस्तुत गरिएको वडा नम्वर १ का अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।
सोही अवसरमा दुई जना खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय कबड्डी खेलाडी अनुजा राई र बक्सिङ खेलाडी अर्जुन सिगुलाई नगद सहित सम्मान गरिएको हो । ००००००

Share.

Leave A Reply