अग्नि सापकोटामाथि कुनै मुद्दा छैन : अध्यक्ष प्रचण्ड

0

विर्तामोड, १० माघ ।


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ । आज पत्रकारहरुसँग उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनुभयो ।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको भन्दै उहाँले थप्नुभयो, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”
दाहालको गृह जिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताउनुभयो । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराख्नुभएको भन्दै दाहालले प्रश्न गर्नुभयो, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।” प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उहाँले बताउनुभयो । ००००००

Share.

Leave A Reply