नेपालमा पनि नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि

0

विर्तामोड, १० माघ ।


नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । ‘नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो ।
अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जा लगायत सबै जाँच गरिएको थियो । उनी चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका थिए । नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमूना विदेश पठाइएको थियो । यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर, अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ । उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । उनको उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ ।
कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ । ००००००

Share.

Leave A Reply