डोमालाल रंगशालाको जग्गा : ‘सर्वोच्च अदालतले सिरक ओडेर’ गरेको फैसला कार्यान्वयन गर्न दिँदैनौं : मेयर शिवाकोटी

0

विर्तामोड, २६ माघ ।

विर्तामोड ३ मा रहेको अनारमनी दुर्गा स्थान गुठीको जग्गा संरक्षणमा लाग्ने सम्वन्धित सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग २०७६ ले आज चन्द्रगढीमा आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा अनारमनी दुर्गा स्थान गुठीको जग्गा संरक्षणमा लाग्ने सरोकारवालाले बताएका हुन् ।
‘हामीले बचाउन खोज्यौं, तर माफियाले सर्वोच्च अदालतसम्म गएर आफ्नो नाममा बनाउने प्रयास गरिरहेका छन्, हामी जोगाएरै छाड्छौं’, विर्तामोडका नगर प्रमुख धुब्र शिवाकोटीले भन्नुभयो, ‘सर्वोच्च अदालतले पनि सिरक ओडेर फैसला गरेको छ, त्यो कार्यान्वयन गर्न दिँदैनौं ।’

प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गाबारे थप रहस्य खुल्दै

यो पनि पढ्नोस्

प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गाबारे थप रहस्य खुल्दै

विर्तामोडको ३ नम्वर वडामा रहेको १२ विगाहाभन्दा बढी जग्गालाई हडप्न माफियाले चलखेल गरेका छन् । सो विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगमा उजुरी समेत परेको छ ।
‘विर्तामोडको डोमालाल रंगशालाको जग्गा केही मान्छेका नाममा गरिदिनु भनेर सर्वोच्चबाट ४ पटक तागेता पत्र आइसकेको छ’, मालपोत कार्यालय झापाका प्रमुख जनार्दन भट्टराईले भन्नुभयो, ‘हामीले व्यक्तिका नाममा गरेका छैनौं र गर्दैनौं पनि ।’ उहाँले विर्तामोडको हाइवेमा रहेको कृषि सामग्री संस्थानको ३ विगाहा जग्गा पनि व्यक्तिको नाममा सार्न केही मान्छे लागेको उल्लेख गर्दै नामसारी हुन नसक्ने फैसला गरेको जानकारी दिनुभयो ।
नापी कार्यालय झापाका प्रमुख विरेन्द्र पौडेलले आफ्नो कार्यालयले सरकारी, सार्वजनिक र गुठी जग्गाको अभिलेख तयार गरिरहेको जानकारी दिनुभयो ।

झापाको विर्तामोड ३ मा रहेको देवी गुठीको जग्गा के अब फिर्ता होला ?

यो पनि पढ्नोस्

झापाको विर्तामोड ३ मा रहेको देवी गुठीको जग्गा के अब फिर्ता होला ? 

पूर्व न्यायाधीश तथा आयोगका अध्यक्ष मोहनरमण भट्टराईले सर्वोच्च अदालतले फैसला गरेको भए पनि त्यो अदालतमा जस्तो प्रमाण पुग्नु पर्नेमा त्यो नपुगेर भएको हुनसक्ने भन्दै ‘सार्वजनिक सरोकारको विषय’मा जोसुकै सरोकारवालाले मुद्धा हाल्न सक्ने जानकारी दिनुभयो । आयोगले अनुसन्धानको काम गरिरहेकाले झापाको अनारमनी दुर्गा स्थानको जग्गाका विषयमा थप भन्न नमिल्ने उहाँले बताउनुभयो । अध्यक्ष भट्टराईले थप्नुभयो, ‘वेरितका प्रमाणबाट भएको दर्तालाई खारेज गर्न सिफारिस गर्छौं, काम कार्वाही गोप्य राखेर काम भइरहेको छ ।


कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख र कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । ००००००

Share.

Leave A Reply