मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रदेश नम्वर १ स्तरीय तेस्रो पुरुष भलिबल प्रतियोगिता सर्वोच्च शिखर ‘सगरमाथा’को काख सोलुखुम्बुमा गर्ने

0

विर्तामोड, २९ माघ ।


नेपाल भ्रमण वर्ष– २०२० सफल बनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रदेश नम्वर १ स्तरीय तेस्रो पुरुष भलिबल प्रतियोगिता सर्वोच्च शिखर ‘सगरमाथा’को काख सोलुखुम्बुमा गर्ने भएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले यही फागुन ६ गतेदेखि १० गते सोलुखुम्बुको सल्लेरीमा प्रतियोगिता गर्ने जानकारी दिनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतियोगिताले दुर्गम क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन बल पुग्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका १४ जिल्लाका टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेल सञ्चालन गरिने एकेडेमीका सदस्य रोहित कोइरालाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५१ हजार, द्धितीयलाई एक लाख र तृतीयलाई ५० हजार तथा सान्त्वना टिमलाई २५ हजार रुपैयाँ पुरस्कारका साथै ट्रफी प्रदान गरिने भएको छ । अन्य विधाका उत्कृट खेलाडीलाई १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ । खेल सम्पन्न गर्न ४८ लाख एक हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ । यसअघि पहिलो र दोस्रो संस्करण विराटनगर र धनकुटामा सम्पन्न भएको थियो । ०००००

Share.

Leave A Reply