चीनबाट सुरु भएको कोरोना भाइरसको नयाँ नाम ‘कोभिड–19’

0

विर्तामोड, २९ माघ ।


चीनबाट सुरु भएको कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले औपचारिक रुपमा नयाँ कोरोना भाईरसको नाम राखेको बीबीसीले जनाएको छ ।
‘हामीलो कोरोना भाइरसको नाम राखेका छौँ र भाइरसको नाम कोभिड–१९ हो’, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अदहानोम घेब्रिएससले भन्नुभयो । प्रमुख टेड्रोसले विश्वले नै चाँडोभन्दा चाँडो कोरोनाविरुद्ध आक्रामक भएर लड्नुपर्ने बताउनुभयो ।
यस्तै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको छ । गएको २४ घण्टामा थप ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । यस्तै थप एक हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भएपछि कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ । ००००००

Share.

Leave A Reply