अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा

0

विर्तामोड, १ फागुन ।


अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छ । डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएको न्यू साउथ वेल्सका अग्नि नियन्त्रण अधिकारीले डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको बताएका हुन् ।
मानवीय प्रयासका बाबजुद राज्यका ३० भन्दा बढी क्षेत्रमा डढेलो कायम थियो । तर, भारी वर्षासँगै सम्पूर्ण क्षेत्रको आगलागी नियन्त्रणमा आएको राज्यको ग्रामीण अग्निनियन्त्रण सेवाले जनाएको छ ।
पछिल्लो केहिदिन यता न्यू साउथ वेल्समा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै न्यू साउथ वेल्समा बाढी तथा क्वीन्सल्याण्डको दक्षिणी क्षेत्रमा आँधी आउन सक्ने चेतावनी पनि दिइएको छ ।
न्यू साउथ वेल्समा पाँच महिनाभन्दा बढी समय फैलिएको डढेलोका कारण ५४ लाख हेक्टर क्षेत्रफल डढेको छ । यस्तै २४ सय ३९ घर ध्वस्त भएका छन् । ००००००

Share.

Leave A Reply