विर्तामोड १ मा टोल विकास समितिले छानेका योजनामा काम तीब्र

0

विर्तामोड, १ फागुन ।

विर्तामोड नगरको वडा नम्वर १ ले सबै टोलमा टोल विकास समिति गठन गरी टोलले छानेका योजनामा काम गरिरहेको छ । चालु आर्थिक वर्षको वजेट कार्यान्वय तीब्र गतिका साथ गरिरहेको वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डेले बताउनु भएको छ ।
अध्यक्ष पाण्डेका अनुसार अधिकांश योजना सम्पन्न हुने तयारीमा छन् । सबै टोलले छानेको योजनाको प्राथमिकताका साथ कार्यान्वयन भइरहेको छ । अदुवा खोलाले आउने बाढीमा १ नम्वर वडामा क्षति नगर्ने गरी तटबन्धको काम भइरहेको छ । अधिकांश ठुला बाटोमा नाला निर्माणको काम सकिएको छ । ‘सबै घरमा विजुली वत्ती पुर्याइएको छ’, अध्यक्ष पाण्डेले भन्नुभयो, ‘अहिले भोल्टेज सुधारको काम भइरहेको छ ।’ उहाँले वडा कार्यालयको सेवा प्रवाह पनि चुस्त बनाएको दाबी गर्नुभयो । ०००००

Share.

Leave A Reply