‘प्रचण्ड’को अभिव्यक्तिप्रति कांग्रेसको असहमति

0

विर्तामोड, २ फागुन ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रममा नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति कांग्रेसले असहमति जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उहाँका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गर्नु भएको हो ।
प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्यो भन्ने गरेको दाबी गर्नु भएको थियो ।
२५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग आफ्नो दिनदिनै फोनमा कुरा हुने गरेको स्मरण गर्नुभयो । यही विचित्रको परिस्थितिका कारण राजतन्त्र ढाल्न सफल भइएको उहाँले बताउनुभयो ।
‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनु पर्यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्यो, सदरमुकाम नै हान्नु पर्यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ’, प्रचण्डले भन्नु भएको थियो । ००००००

Share.

Leave A Reply