कुवेतको ‘साउथ अल–मुत्ला सिटी’मा ६ जना नेपालीको मृत्यु, २ जना घाइते

0

विर्तामोड, २ फागुन ।


कुवेतको ‘साउथ अल–मुत्ला सिटी’ मा २८ हजार ६६३ वटा घर बनिरहेका छन् । देशकै सबैभन्दा ठूलो आवासीय सहर निर्माणका क्रममा पाइप बिछ्याउन भुइँ सम्याउने काम भइरहेको थियो । झन्डै ५ मिटर गहिरो खाडलमा जाने बाटो नभएपछि सर्लाहीका मनोरथ मण्डलसहित आठ जना नेपालीलाई पालैपालो एक्स्काभेटरको बकेटमा चढाएर खाडलमा झारियो । त्यतिखेर कुवेतमा दिउँसोको २ बजेको थियो ।
पाइप बिछ्याउने खाडल लामै थियो । युनिभर्सल लिडर्स एन्ड जेनेरल कन्स्ट्रक्टिङ कम्पनीमार्फत् सहर निर्माणमा खटिएका कामदारहरू सावेल लिएर भुइँ सम्याउँदै थिए । नेपाली कामदार खाडलमा छिरेको एक घण्टा पनि भएको थिएन, एक्कासि माथिको भित्ता चर्कियो । ‘टाउको उठाएर यसो माथि के हेरेको थिएँ । माटो झर्न थालिहाल्यो,’ मण्डलले फोनमा भन्नुभयो, ‘दायाँ–बायाँ निस्केर भाग्ने ठाउँ थिएन । साथीहरू सबै आत्तिए । चल्नै पाइएन । गर्लम्मै परसम्म माटो खस्यो ।’
घाँटीसम्म माटोले पुरिएका मण्डलले बाँच्ने आशा गुमाइसकेका थिए । ‘मैले टाउकोलाई कतै चलाउनै सकिनँ । मलाई माटोबाट निकाल्न दुई घण्टा जति लाग्यो होला । कसो भगवानले बचाए,’ उहाँले भन्नुभयो, ‘दुवै हात फ्याक्चर भएकाले प्लास्टर लगाइएको छ ।’ आफूलाई अस्पतालबाट राति २ बजे कम्पनीको क्याम्पमा ल्याएर छाडिएको उहाँले बताउनुभयो । मण्डलले क्याम्पमा आएपछि मात्रै आफूसँगै काम गर्ने ६ जना नेपालीको ज्यान गएको थाहा पाएको जानकारी दिनुभयो ।


कुवेतस्थित नेपाली दूतावासले मृत्यु भएकामध्ये ६ जना नेपाली रहेको पुष्टि गरेको छ । घटनामा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्यामनारायण चौधरीको मृत्यु भएको हो । दुई जना मृतकको भने पहिचान भएको छैन । धर्मेन्द्रकुमार शाहको भने कुवेतस्थित अस्पतालमा उपचार भइरहेको छ । ००००००

Share.

Leave A Reply