प्रधानमन्त्री ओलीले आज संघीय संसदलाई सम्बोधन गर्ने

0

विर्तामोड, २ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदलाई सम्बोधन गर्ने हुनु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले संघीय संसदलाई सम्बोधन गर्ने हुनु भएको हो ।
दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने बताइएको छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि दुई वर्ष पूरा हुँदै छ ।
तत्कालीन एमालेका अध्यक्ष रहनु भएका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकीकरण भएको थियो । ०००००००

Share.

Leave A Reply