चीनमा कोरोना भाइरसबाट १७१६ जना स्वास्थ्यकर्मी संक्रमित, ६ जनाको मृत्य

0

विर्तामोड, २ माघ ।


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पराजित गरेको हो । साविकको विजेतासमेत रहेको मनाङको जितमा निशान लिम्बूले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा निशानले गोल गरेका थिए । जितसँगै मनाङले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोड्यो । मनाङको दोस्रो हुने गणितीय सम्भावना भने जीवित नै रहेको छ ।
अन्तिम खेलमा मच्छिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ । जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।
यसअघि, आज नै भएको दोस्रो खेलमा थ्रीस्टार क्लबले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एकरएक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्रीस्टारले दुई गोल गरेको हो । जितसँगै थ्रीस्टारले लिगमा सुखद् अन्त्य गरेको छ । र, लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १३ खेलबाट २६ अंक जोडेको छ । च्यासल १३ खेलमा १५ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।
आज नै भएको पहिलो खेलमा लिगको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । हिमालयन शेर्पाका लागि स्टेफन समिर र त्रिदेव गुरुङले एक–एक गोल गर्दा एनआरटीका राजेश परियारले एक गोल गरे । हिमालयन शेर्पा क्लब १४ अंकसहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंकसहित नवौं स्थानमा यथावत् रह्यो ।
जारी लिगको अन्तिम खेल भोलि दशरथ रंगशालामा हुनेछ । भोलि दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ । अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो स्थानमा रहेका छन् । ०००००

Share.

Leave A Reply